सर्वोच्चको परमादेश: एनसेलबाटै लाभकर असुल्नू

 माघ २३, २०७५ बुधबार १७:४३:२१ | उज्यालो सहकर्मी

काठमाण्डाै - सर्वोच्च अदालतले एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न परमादेश जारी गरेको छ ।  

प्रधानन्यायाधीश चालेन्द्र शम्सेर राणासहित ५ जना न्याधीशको पूर्ण इजलासले एनसेल बिक्री गर्दा लाग्ने लाभकर एनसेल र एक्जियाटाले नै तिर्नुपर्ने जनाएको हो ।

बहसमा एनसेलका तर्फबाट बहस गरेका वकिलले टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने बताएका थिए ।

तर सर्वोच्चको पूर्ण इजलासले भने लाभकरको विषयमा एनसेल नै जिम्मेवार भएको भन्दै एनसेलले नै तिर्नुपर्ने परमादेश जारी गरेको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया