जिल्ला वन कार्यालय बाँकेका ४ कर्मचारी घुससहित अख्तियारकाे नियन्त्रणमा

 माघ २३, २०७५ बुधबार १९:३७:१८ | गोविन्द शर्मा

नेपालगन्ज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाँकेका चारजना कर्मचारीलाई बुधबार घुससहित रङेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रेन्जर जगविर खत्री ,फरेष्टर बहादुर केसी, केशव बहादुर ओली र वनरक्षक हरि कुमार चन्द रहेका छन् । काठको छुट पुर्जी बनाउने भन्दै १० हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारको कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उनीहरु बेलुका नेपालगन्जको स्नेह होटेल नजिकैको आदर्श नगरबाट पक्राउ परेकाे बताइएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया