हुलाकको आफ्नै भवन अलपत्र, कार्यालय भने भाडाकाे घरमा

 माघ २३, २०७५ बुधबार २१:१०:३९ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम - तेह्रथुमको फेदाप गाउँपालिकामा इलाका हुलाक कार्यालयको आफ्नै भवन हुँदाहुँदै कार्यालय भने भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । 

हुलाक कार्यालयका लागि भन्दै २०६० सालमै १३ लाख रुपैयाँ लागतमा चार कोठे पक्की भवन निर्माण गरिएको थियो । तर निर्माण गरिएको भवन प्रयोगमा नल्याउँदा अहिले जीर्ण जस्तै बन्न पुगेको छ ।  

निर्माण सकिएपछि कार्यालय प्रयोगमा ल्याउने प्रयास गरेको भए पनि पानी चुहिने समस्याले घर प्रयोगविहीन बनेको हुलाकका निमित्त प्रमुख रिता फोम्बोले बताउनुभयो । 

हुलाक कार्यालयमा पाँच जनाको दरबन्दी भए पनि अहिले तीन जनामात्रै कर्मचारी रहेको उहाँले बताउनुभयो । आफ्नै भवन हुँदा पनि भाडाको घरबाट कार्यालय सञ्चाल गर्नुपर्दा समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो ।  

अन्तिम अपडेट: चैत १६, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया