उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरोकाे खतरा: सचेत रहन माैसमविदकाे सुझाव

 माघ २३, २०७५ बुधबार २०:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले सूचना निकाल्दै उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो बर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारैदेखि नेपाल प्रवेश गरेको मौसमविद्ले बताएका छन् ।

बिहीबारदेखि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्को अनुमान छ ।

बिहीबारदेखि देशभरीकै मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केही दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् । मौसमविद् मन्जु बासीका अनुसार मंगलबारदेखि नै बदली गराएको पश्चिमी वायु बेलुकादेखि अझ सक्रिय हुने भएकाले बिहीबारदेखि भने केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने र भारी हिमपात हुने संभावना छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया