सिन्धुलीमा जीप दुर्घटना : चार जनाको ज्यान गयो

 माघ २४, २०७५ बिहिबार १२:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दुर्घटनामा केही घाइते भएका छन् । 

अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको सिन्धुली प्रहरीले जनाएको छ । दुर्घटनाको बाँकी विवरण आउन बाँकी छ । 

यसअघि सिन्धुलीमै  जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । 

४० जना घाइते भएका छन् । हिजो बेलुकी रामेछापको खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया