उपाधि जितेर फर्केको नेत्रहीन महिला क्रिकेट टाेलीकाे भव्य स्वागत

 माघ २४, २०७५ बिहिबार १६:५४:४८ | उज्यालो सहकर्मी

काठमाण्डाै - पाकिस्तानविरुद्ध भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट उपाधि जितेको नेपाली नेत्रहीन महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टिमलाई बिहीबार अपराह्न स्वागत गरिएको थियो । नेपाली क्रिकेट टिमलाई स्वागत गर्न राखेपका सदस्यसचिव केशवकुमार विष्ट विमानस्थल पुग्नुभएकाे थियाे ।

त्यहाँ स्वागत गरिएपछि नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्रालयमा विशेष समारोहका बीच बिहीबारै सम्मान गरिने छ ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली नेत्रहीन महिला क्रिकेट टिमले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज ४–१ ले जितेको थियो । सबै खेलमा गरी नेपालले एक मात्र विकेट गुमाउँदै ऐतिहासिक सफलता हात पारेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया