एकै दिन बिहे गरेका ५ नेपाली सेलिब्रेटी जोडी

 माघ २४, २०७५ बिहिबार १९:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

गायिका माण्डबी त्रिपाठी र संगीतकार विपिन आचार्य वैवाहिक बन्धनमा बाँधिएको  आज ९ वर्ष भएको छ । 

व्रिकम सम्वत २०६५ सालमा गीत रेकर्डिङको क्रममा उनीहरुले गुन्जन रेकर्डिङ स्टुडियोमा पहिलो पटक भेट्ने अवसर पाएका थिए । पहिलो भेट भएको दुई वर्षपछि उनीहरुले एकअर्कालाई जीवनसाथी बनाएका हुन् । यी दुईको विवाह मागी विवाह हो ।

विवाह अगाडि नै एकअर्कालाई चिनेको भए पनि उनीहरुको अफेयर भने थिएन । एक अर्काको राम्रो साथी थिए । 

राम्रो साथी बनिसकेका उनीहरुको २०६७ साल मंसिर २९ मा विवाह हुने निर्णय भयो । त्यसको डेढ महिना पछि माघ २४ गते उनीहरुको लगनगाँठो कसिएका हो । विवाहको ९ वर्ष लाग्दा यो जोडीको मायुक  नाम गरेका एक छोरा  छन् । 

एकअर्काको साथीको रुपमा अघि बढिरहेको उनीहरुको विवाह प्रसंग चाखलाग्दो नै छ ।

 

विपिनको घरमा बहिनीको विवाहको कुरा छिनोफानो भयो । बहिनीको विवाह हुँदा विपिनको विवाहको लागि कुरा उठ्यो र केटी छनौट गर्ने कुरा आयो । त्यसबेला माण्डबी र विपिनको बहिनीको सम्बन्ध नजिकको भइसकेको थियो । यहि कारण पनि विपिनको लागि माण्डबीको नाम आयो । 

विवाह अघि नै कामको सिलसिलामा माण्डबी विपिनको घरमा गइरहन्थिन् । विपिनको परिवारले त माण्डबीलाई पहिले नै मन पराइसकेको थियो । 

यही कारण विपिनको लागि उनको परिवार माण्डबीको हात माग्न पुग्यो । पहिलेदेखि नै चिनजान र राम्रो मित्रता भएका कारण माण्डबीले पनि विपिनसँग विवाह गर्ने निर्णय लिइन् । 

अहिले यो जोडीको दाम्पत्य जीवन निकै सुखी र खुशी छ ।

२०६७ सालको माघ २४ गते माण्डबी र विपिनले विवाह गरे । त्यसकाे अघिल्लो वर्ष यसै दिनमा अन्य चार जोडीले पनि लगन गाँठो कसेका थिए । 

सुनिता गौतम र निशान बजगाईँ

टेलिसिरियल ‘मेरी बास्सै’मा माग्ने बुढाको श्रीमती मैयाँ भएर चर्चामा आएकी अभिनेत्री सुनिता गौतम र निर्माता निशान बजगाईँको आज १० औँ वैवाहिक वर्षगाँठ हो । 
२०६६ सालको माघ २४ गते वैवाहिक बन्धनमा बााधिएको यो जोडी  एक छोरी निशुनाको अभिभावक पनि बनिसकेको छ । 

६६ सालमा विवाह गरेकी सुनिताले ६७ सालमै छोरी निशुनालाई जन्मदिएकी  थिईन् । निशान र सुनिताको प्रेम विवाह हो । 

झण्डै ६ वर्ष एकअर्काको प्रेममा रहेको यो जोडीले हरेक वैवाहिक वर्षगाँठलाई विशेष बनाउने गरेको छ । तर यस पटक भने निशानका बुवा बितेको वर्षदिन नपुगेका कारण केही पनि नगरिने उनीहरुले बताए । 

५९ सालमा एसएलसी दिएर कलाकार बन्न काठमाण्डौ आएकी सुनितालाई निशानले प्रेम प्रस्ताव नभइ सिधै बिहेको प्रस्ताव राखेका थिए । 

यी दुईको पहिले देखि नै चिनजान थियो । निशान सुनिताकी फूपुका देवर हुन् । तर पहिलेदेखि नै चिनेको भए पनि सुनिताले पहिलो प्रस्तावमै निशानलाई हुन्छ भन्न भने सकिनन् । 

किनभने त्यतिबेला विवाहको लागि उनको उमेर पुगेको थिएन । त्यसको केही समयपछि उनीहरु ललितपुरको चिडियाखाना घुम्न गए । त्यहाँ निशानले फेरि पनि बिहेकै प्रस्ताव राखे । 
यो पटक सुनिताको मन पनि पग्लियो । उनी निशानसँग विवाह गर्न राजी भइन् । सुनिताले विवाह गर्न तयार भएको ६ वर्षपछि उनीहरुको विवाह भएको हो ।

निशान व्यवसायी हुनुका साथै छक्का पञ्जाका निर्माता पनि हुन् । 

निरज नेपाल  र सन्तोषी श्रेष्ठ

कलाकार तथा निर्देशक निरज नेपालको पनि आज विवाह  भएको १० वर्ष पूरा भएको छ । १० वर्ष अघि पनौतीकी सन्तोषीसँग उनले मागी विवाह गरेका थिए । निरज र सन्तोषीका ८ वर्षका छोरा छन् – शुभम नेपाल । 

निरज टेलिसिरियल ‘जिरे खुर्सानी’का निर्देशक समेत हुन् । उनले अर्को टेलिश्रृङखला ‘ब्रेक फेल’मा कलाकार र सह निर्देशकको रुपमा काम गरिसकेका छन् । 

त्यस्तै उनले पछिल्लो समय मुन्द्रेको कमेडी क्लबमा काम गरिरहेका छन् । निरजकी श्रीमती सन्तोषी छोरा शुभमको हेरचाहका साथै पसल पनि चलाइरहेकी छिन् ।  

सुमन गिरी ‘भान्जा’ र ईन्दु गिरी

निर्माता तथा प्रोडक्शन डिजाइनर सुमन गिरी उर्फ भान्जा को पनि आज १० औँ वैवाहिक वर्षगाँठ परेको छ । 

सुमनले २०६६ साल माघ २४ गते सुमनले धापासीकी ईन्दु गिरीसँग मागी विवाह गरेका हुन् । सुमन र ईन्दुका दुई छोरीहरु ८ वर्षिय  श्रीभा र ६ महिनाकी श्रीसु छन् । 

आमा सरस्वती मुभिजले बनाएका सबै सिनेमाहरुमा प्रोडक्शन डिजाइनरको रुपमा काम गरेका सुमन वडा नम्बर ६ देखि निर्माता पनि बनेका हुन् । 

दीपेन्द्र खनिया र शिखा शर्मा

नेपालको एकमात्र हास्यव्यङग्य रेडियो रेडियो अडियोका कार्यकारी निर्देशक  दीपेन्द्र खनिया र  शिखा शर्माको आज दशौँ वैवाहिक वर्षगाँठ परेको छ । 

आजभन्दा १० वर्षअघि उनीहरुले लगनगाँठो कसेका थिए । यी दुईले ९ वर्ष लामो प्रेमपछि परिवारको सहमतिमा मागी विवाह गरेका  हुन् । यो जोडीको ५ वर्षीया एक छोरी राज्ञी खनिया छिन् । खनिया नेपाली मनोरञ्जन उद्योगलाई समृद्ध बनाउन लागि परेका छन् । 

उनको अध्यक्षतामा रेडियो अडियो, गफगाफ डट कम र फर्सी नेटवर्क यूट्यूब च्यानल सचालनमा छन् । 

उनले पछिल्लो समय चलचित्र निर्माणमा पनि हात हालेका छन् । छक्का पञ्जा सिरिज र दाल भात तरकारीमा उनी निर्माताको रुपमा छन् । शिखा भने रेडियो अडियोमा जनसम्पर्क  निर्देशकको रुपमा कार्यरत छिन् । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया