१७ किलो चरेससहित एक जना पक्राउ

 माघ २४, २०७५ बिहिबार १८:४६:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा पहिलो पटक ठूलो परिमाणमा चरेस बरामद भएकाे छ । प्रहरीले १७ किलो ५ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेकाे छ ।

चरेससहित बाँफिकोट गाउँपालिका ८ दुली घर भएका ४८ वर्षीय जयराम खत्रीलाई बुधबार राति पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे ।  

भे ३ प २८८० नम्बरको माेटरसाइकलमा लिएर आउँदै गरेकाे उक्त परिमाणकाे चरेस सहित खत्रीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  

मोटरसाइकल चालक भागेको र चरेश बोकेर मोटरसाइकलको पछाडि बसेका खत्रीलाई भने पक्राउ गर्न सफल भएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयाे ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया