इँटा र क्रसर उद्योगको अनुगमन गर्दै प्रदेश सांसद

 माघ २४, २०७५ बिहिबार १९:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - पाँच नम्बर प्रदेशभित्र सञ्चालनमा रहेका इँटा र क्रसर उद्योगको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ ।

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएको पाइए सञ्चालनमा रोक लगाउन सक्ने अधिकार समितिलाई दिइएको छ ।

नदीजन्य पदार्थ उत्खनन् रोक्दा भएको आर्थिक क्षतिको पनि विश्लेषण गरिने भएकाे छ । प्रदेशभित्र विनादर्ता इँटा र क्रसर उद्योग सञ्चालनमा रहे पनि अनुगमन नभएको भन्दै आलोचना हुँदै आएको थियो ।  

जिल्लामा रहेका नदीहरु र त्यहाँ रहेका नदीजन्य पदार्थको अवस्था पहिचान गर्दै नदीजन्य पदार्थकाे बिक्री वितरणकाे अवस्थाकाे बारेमा पनि समितिले अनुगमन गर्ने छ ।

सार्वजनिक लेखा समितिको आज सम्पन्न बैठकले अनुगमनका लागि विभिन्न जिल्ला जाने सांसदहरुकाे छुट्टाछुट्टै समूह पनि बनाएकाे छ । रुपन्देही र नवलपरासी, कपिलवस्तु र दाड, बर्दिया र बाँके जिल्ला हेर्नेगरी फरक फरक समूह बनाएर जिम्मेवारी ताेकिएकाे समितिका सभापति डिल्ली चौधरीले जानकारी दिनुभयो ।

समितिले बन कार्यालयहरुमा कुहिँएर राखिएकाे काठकाे क्षतिको समेत बिश्लेषण गर्ने बताइएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया