बस दुर्घटनामा १ जनाकाे ज्यान गयाे: प्रदेश सांसदसहित १३ घाइते, सांसदकाे अवस्था गम्भीर

 माघ २४, २०७५ बिहिबार १९:२६:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ  - दाङको मुसोटमा बिहीबार बेलुकी भएको बस दुर्घटनामा एक महिलाकाे ज्यान गएको छ भने प्रदेश  साम्सद उत्तरकुमार वलीसहित एक दर्जन बढी घाइते भएका छन् ।

दाङको घोराही-लमही सडक खण्डमा अहिले बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिला मुसिकोट-२ रुकुमकी २६ वर्षीया रमिता शर्मा रहेको दाङ प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तर कुमार वलीसहित अन्य १३ जना घाइते भएका छन् । सांसद उत्तर कुमार वलीको अवस्था नाजुक रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई काठमाण्डौ लेजाने तयारीसहित नेपालगञ्ज रिफर गरिएको छ ।

दाङको तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको जीप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्र्तगत पर्ने मुसोटको चिसापानी नजिक बेलुकी एक आपसमा ठोक्कएर दुर्घटना भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया