कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच भेटवार्ता

 माघ २४, २०७५ बिहिबार २०:४०:२३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश प्रमुख दुर्गाकेशर खनालबीच बिहीबार भेटवार्ता भएको छ । 

भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस पत्र हस्तान्तरण गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो   

प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १५ गते दिउँसो १ वजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  

भेटवार्ताका क्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री शाहीसँग प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानका लागि भएको ढिलाइबारे चासो व्यक्त गर्नुभएको छ । 
भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामकारबाहीका बारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराउनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया