माछा खोज्दा अजिङ्गर फेला

 माघ २५, २०७५ शुक्रबार ६:२६:१८ | रासस

झापा – झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । 

आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् । 

प्रहरी नायव निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१, स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया