दुर्घटनामा घाइते प्रदेश सांसद ओलीको भेन्टिलेटरमा राखेर उपचार हुँदै

 माघ २५, २०७५ शुक्रबार ९:१७:४ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके –  सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएका प्रदेश ५का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । 

तुलसीपुरबाट वीरगञ्जका लागि छुुटेकोे ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट घोराही जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार बिहीबार साँझ लमही–घोराही सडकखण्डमा ठोक्किएर दुर्घटनासांसद ओलीसहित १३ जना घाइते भएका थिए । दुर्घटनामा परि एक महिलाको ज्यान गएको थियो । ओलीलाई शिक्षण अस्पताल कोहलपुरमा रातिदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । 

डाक्टर सञ्जिवकुमार झासहितको चिकित्सक टोलीले सांसद ओलीको उपचार गरिरहेको छ । रातिभन्दा अहिले उपचारमा सुधार भएकोले थप उपचारका लागि भारतको लखनउ वा काठमाण्डौ लैजाने भन्ने विषयमा छलफल भैरहेको अस्पतालका कुस्माखर बस्यालले जानकारी दिनुभयो ।

सांसद ओली  दाङ निर्वाचन क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित हुनुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया