भृकुटीमण्डपमा ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ सुरु

 माघ २५, २०७५ शुक्रबार १३:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - काठमाण्डाैकाे भृकुटीमण्डपमा शुक्रबारबाट ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ सुरु भएको छ ।

शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ को उद्घाटन गर्नुभयाे। निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीका संयोजक सृजल भट्टराईले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने प्रदर्शनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन् ।

प्रदर्शनीमा निर्माणसम्बन्धी नयाँ–नयाँ प्रविधिबारे जानकारी लिने व्यवस्था पनि गरिएको छ । निःशुल्क प्रवेश गर्न पाउने प्रदर्शनीमा घर बनाइरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाइलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

पुनर्निर्माणको अभियानमा सघाउ पुर्‍याउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रदर्शनी करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया