सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
बाँके - सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीलाई थप उपचारका लागि शुक्रबार कोहलपुरबाट काठमाण्डाै लगिएको छ ।
नेकपा बाँकेका युवा नेता प्रमोद धितालले वलीलाई राजधानीको मेडिसिटी अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिनुभयो । सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का प्रदेश सभा सदस्य वलीलाई कोहलपुर शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
तुलसीपुरबाट विरगन्जका लागि छुुटेकोे ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट घोराही जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार बिहीबार साँझ लमही घोराही सडक खण्डमा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको ज्यान गएको थियाे भने सांसद वलीसहित १३ जना घाइते भएका थिए ।
दाङ ३(ख) बाट निर्वाचित सांसद वलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।