वर्षका उत्कृष्ट खेलाडी दानबहादुर भट्ट र सरस्वती चौधरी सम्मानित

 माघ २५, २०७५ शुक्रबार १४:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भलिबल संघले ‘मनोरञ्जनरमण शर्मा वर्षको उत्कृष्ट खेलाडी पुरस्कार’ बाट पुरुष तर्फ दानबहादुर भट्ट र महिला तर्फ सरस्वती चौधरीलाई सम्मान गरेको छ ।

नेपाल भलिबल संघले केही साता अगाडि गरेको एनभीए राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट पुरुष र महिला खेलाडी बनेकालाई नै यो अवार्डबाट सम्मान गरिएको हो । दुवै खेलाडीले जनही ३०–३० हजार रुपैयाँ पाएका छन् ।

महिला भलिबलमा एकछत्र राज गरेकी सरस्वती चौधरी यो वर्षमात्र चार वटा प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेकी थिइन् ।

कार्यक्रममा भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले मनोरञ्जनरमण शर्माको कोषमा अहिले कूल ९७ हजार रुपैयाँ रहेको र त्यसबाट ६० हजार रुपैयाँ सम्मानमा खर्च गरेको बताए । अर्को संस्करणमा सम्मानित हुने खेलाडीलाई ५० हजार दिने लक्ष्यका साथ बाँकी रकम राखिएको उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया