बिग ब्याश लिग: सन्दीप ‘प्लेइङ ११’ मा, टिमले टस हारेर ब्याटिङ गर्दै

 माघ २५, २०७५ शुक्रबार १६:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगमा कमब्याक गरेका सन्दीप लामिछाने ब्रिज्बेन हिट्सविरुद्धको खेलमा प्लेइङ सेटमा परेका छन् ।

सुरुवाती चार खेल खेलेर बंगलादेश गएका सन्दीप लिगको अन्तिम दुई खेल खेल्न अष्ट्रेलिया पुगेका हुन् । ब्रिज्बेनविरुद्धको खेलमा टस हारेर उनको टिम मेलबर्न स्टार्सले ब्याटिङको निम्तो पाएको छ ।

शुक्रबारकाे खेलमा ब्रिज्बेनविरुद्ध जित निकालेमा मेलबर्नले प्लेअफमा पुग्ने संभावना बलियो बनाउने छ । सन्दीपको टिम मेलबर्न १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।

उनकाे टिम मेलबर्न स्टार्सले प्लेइङ ११ काे सूचीसहित सन्दीपकाे नाम मेन्सन गरेर यस्ताे ट्वीटसमेत गरेकाे थियाे :

 

याे पनि पढ्नुहाेस्

बिग ब्याश लिगमा फर्किए सन्दीप: शुक्रबारकाे खेलमा टिममा पर्ने सम्भावना बलियाे

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया