नेपाल भारत सम्बन्ध चिसिन दिने छैन: निलाम्बर आचार्य

 माघ २५, २०७५ शुक्रबार १७:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धमा फेरि बाधा आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएका आचार्यले शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने काममा आफू दत्तचित्त भएर लागिपर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको समृद्धिका लागि भारतीय लगानी भित्र्याउने, रेलमार्ग, जलमार्ग लगायतका सरकारले अघि बढाएको कामलाई सहज ढंगले अघि बढाउन पहल गर्ने, दुई देशबीचको सडक सञ्जाल विस्तार, सीमा अपराध नियन्त्रण लगायतका कामलाई पनि आफूले प्राथमिकता दिने बताउनुभयो ।

‘भारतसँगको सम्बन्ध सकारात्मक ढंगले अघि बढिरहेको र त्यसलाई अझै सुदृढ बनाउनुपर्ने छ,’ राजदूत आचार्यले भन्नुभयो, ‘नेपाल भारत सम्बन्ध चिसिन दिने छैन ।’
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया