बिग ब्याश लिग: आजकाे खेलमा सन्दीप महँगाे, विकेट नलिइ खर्चिए २ ओभरमा २८ रन

 माघ २५, २०७५ शुक्रबार १८:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली बलर सन्दिप लामिछाने बिग ब्याश लिगमा कमब्याक गरेकाे खेलमा महंगो सावित भएका छन् ।

टिमले दिएको एक सय ५७ रनको लक्ष्य डिफेन्ड गर्ने क्रममा उनको टिम मेलबर्न स्टार्स विपक्षी टिम ब्रिज्बेन हिटद्वारा १० विकेटले पराजित भयो । बलिङमा सन्दिपले दुई ओभरमा २८ रन दिए ।

 आठौं ओभरमा आफ्नाे पहिलाे ओभर लिएर आएका उनले आठ रन मात्र दिएका थिए । तर व्यक्तिगत दोस्रो ओभरमा २० रन खर्चिए । जसमा उनले तीन छक्का खाए ।

मेलबर्नविरुद्धको खेलमा ब्रिज्बेनले कुनै विकेट नगुमाइ १० ओभरमा लक्ष्य पूरा गर्यो । यसअघि मेलबर्नले २० ओभरमा एक सय ५६ रन बनाएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया