विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोससँग ‘नाङ्गो तस्बिर छाप्दिन्छु’ भन्दै कसले गर्दैछ ब्ल्याकमेल ?

 माघ २६, २०७५ शनिबार ७:३:२१ | एजेन्सी
unn.prixa.net

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले एउटा अमेरिकी समाचार पत्रलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।

विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले नेशनल इन्क्वायरर नामको ट्याब्लोइड पत्रिकाले ब्ल्याकमेल गरेको बताएका छन् ।

उनले आफ्नो न्यूड फोटो (नाङ्गो तस्बिर)लाई लिएर अखबारले ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । बेजोसले आफ्नो ब्लगमा त्यो इमेलको पूरै टेक्स्ट प्रकाशित गरेका छन्, जसमा उनलाई ब्ल्याकमेल गरिएको थियो । उनलाई यो मेल म्यागजिनको प्यारेन्ट कम्पनी अमेरिकन मिडिया इंकले पठाएका थियो ।

अर्बपति व्यवसायी जेफ बेजोसले नोे थ्याङ्क यू मिस्टर पेकर शीर्षकमा एउटा ब्लग पनि लेखेका छन् । उनले यसमा एएमआईमाथि अखबारले आफ्नो र साञ्चेजको तस्बिर सार्वजनिक गरेको विषयमा बताएका छन् । यो रिपोर्ट बेजोर र उनकी श्रीमती मेकेञ्जीको डिभोर्स घोषणा भएपछि प्रकाशित भएको थियो ।

सञ्चारमाध्यमहरुका अनुसार टेलिभिजन कार्यक्रम प्रस्ताेता लाेरेन साञ्चेज अहिले जेफ बेजाेससँगकाे डेटमा छिन्

अर्बपति तथा वाशिंगटन पोस्टका समेत मालिक रहेका बेजोसले एएमआईका एक वकिलले आफ्नो बारेमा प्रकाशित भएको नेशनल इन्क्वायररको समाचार राजनीतिबाट प्रेरित छैन भन्ने झुटो बयान दिएमा आफ्नो तस्बिर नछाप्ने बताएका थिए ।

आफ्नो ब्लगमा बेजोस भन्छन्, ‘मैले मलाई पठाएको मेल जस्ताको त्यस्तै छाप्ने निर्णय गरेँ ।’

ट्रम्प किन मुछिए ?

बेजोसले वाशिंगटन पोस्टको स्वामित्व उनका लागि ‘निकै जटिल’ भएको बताएका छन् । आफूले केही शक्तिशाली व्यक्तिलाई दुश्मन बनाएको पनि बताए । जसमा राष्ट्रपति डोनाल्ड ट्रम्प पनि छन्, जो एएमआईका मालिक  डेभिड पेकरका मित्रसमेत हुन् ।

नेशनल इन्क्वायरर नामको ट्याब्लोइड पत्रिकाका मालिक डेभिड पेकर र राष्ट्रपति ट्रम्प

बेजोसले आफ्नो ब्लगमा करेन म्याकडोगलको समाचारलाई दबाउन एएमआईले त्यसलाई ‘क्याच एण्ड किल’ को संज्ञा दिएको पनि बताएका छन् । अमेजनका मालिक बेजोस लेख्छन्, ‘निश्चित रुपमै म चाहन्नँ कि मेरो व्यक्तिगत तस्बिर प्रकाशित होस् ।’

उनी अगाडि लेख्छन्, ‘म यो पब्लिकेशनको ब्ल्याकमेलको हिस्सा पनि बन्न चाहन्नँ । न म यसलाई कुनै तरिकाले सहयोग गर्न चाहन्छु । मैले यसविरुद्ध लड्ने प्रण लिइसकेको छु ।’ बेजोसको ब्लगमा म्यागजिनका सम्पादक डायलन हार्वडले लेखेको इमेलका १० तस्बिर रहेका छन् ।

जनवरी ९ मा बेजोर र  उनकी प्रेमिका लउरेन साञ्चेजबीचकोे अफेयरका बारेमा अखबारले समाचार छापेको थियो ।

यो समाचार डायलन र अरु दुईजना रिपोर्टर मिलेर लेखेका थिए । न्यूयोर्कका एक लेखक रोनान फ्यारोले पनि एएमआईले आफूसँग पनि ब्ल्याकमेल गरेको आरोप लगाएका थिए ।

-बीबीसीबाट

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया