लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
पाँचथर – बिहिबारदेखिको निरन्तर झरीका कारण चिसो बढेपछि अधिकांश ठाँउमा जनजीवन प्रभावित भइरहेका बेला पूर्वी पहाडी जिल्लाका अलैंची किसानलाई भने फाइदा पुगेको छ ।
अलैंचीमा फल लाग्नुभन्दा पहिलाको यो समयमा अलैंचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैंचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले तीन दिनसम्म निरन्तर पानी परेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम र धनकुटालगायतका पूर्वी पहाडी जिल्लाका किसानलाई फाइदा पुगेको हो ।
गएको असोज महिनादेखि भारि वर्षा नहुँदा मुहानहरु सुक्दै गएपछि अलैंचीको बोट मर्छ कि भनेर चिन्तामा रहेका अलैंची किसान माघ महिनामा पानी परेपछि बाली सप्रिने आशा जागेकोे फालेलुङ गाउँपालिका–८ का अलैंची किसान यामकुमार कुरुम्बाङले बताउनुभयो ।
हिउँदमा अलैंचीको बिरुवाले जति बढी पानी पायो पछि त्यतिनै राम्रो फल दिने भएकाले माघे झरीले धेरै फाइदा पुर्याएको उहाँले बताउनुभयो ।
जिल्लामा प्रमुख नगदबालिको रुपमा अलैंचीलाई लिइन्छ । फालेलुङ गाउपालिका, याङवरक, मिक्लाजुङ र फिदिम नगरपालिकाका केहि स्थान अलैंची उत्पादनको पकेट क्षेत्र हुन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत अलैंची जोन परियोजनासमेत सञ्चालनमा रहेको छ ।
माघे झरीले अलैंची किसानसँगै खेत र बारीमा लगाइएको आलु र जौलगायतका बालीमा पनि फाइदा पुगेकाले कृषकहरु हर्षित देखिन्छन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।