नेपाल र चीनबीच १० बुँदे सम्झाैता, चिनियाँ रेल नेपाल ल्याइने

 असार ७, २०७५ बिहिबार १७:२:३५ | रासस
unn.prixa.net

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् । 

यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । 

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपुल्समा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो । 

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको बुझिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया