कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आउँदो प्रधानमन्त्री चुनावमा उठाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ ।
शुक्रबार थाइल्याण्डका राजा वाजीरालोङकोर्नले मार्चमा हुन लागेको प्रधानमन्त्री चुनावमा आफ्नी बहिनीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भत्र्सना गरेका थिए ।
थाई राजा भन्छन् : राजकुमारी प्रधानमन्त्रीको चुनावमा उठ्नु गलत हो
राजदरबारबाट सार्वजनिक एक वक्तव्यका अनुसार थाई राजाले आफ्नी बहिनीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरद्ध हुने बताएका थिए ।
थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ ।
थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा
६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो । थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा पनि रहेको छ ।