भाइको हत्या गरेर दाइ पुगे प्रहरीमा

 असार ७, २०७५ बिहिबार १७:२८:५७ | राजु लामिछाने

रुकुम(पश्चिम) –रुकुम(पश्चिम)मा एक व्यक्तिले भाइको हत्या गरेर निवेदनसहित प्रहरी कार्यालय पुगेका छन् ।

आठबीसकोट नगरपालिका –१२, ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले ३४ वर्षीय भाइ इन्द्रे पुनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति भाइको हत्या गरेका रुद्रे बिहीबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनी भाइको हत्या गरेको निवेदनसहित कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

दुई दाजुभाइबो बीचमा सदरमुकाम मुसीकोट खलंगाबाट घर फर्कँदै गर्दा बाँफिकोट गाउँपालिका –६, मग्मामा रहेको मामाघरमा बसेको र त्यहीँ झगडा भएको थियो । अंशबण्डाको विषयमा विवाद हुँदा दुई भाइबीचमा झगडा भएको र चिर्पट प्रहार गरेर भाइको हत्या गरेको दाइ रुद्रेले स्वीकारेको डीएसपी खड्काले बताउनुभयो । भाइ इन्द्रेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया