हनुमन्ते खोलामा भेटियाे अनुहार नचिनिने अवस्थामा बालिकाको शव

 माघ २६, २०७५ शनिबार १९:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरको हनुमन्ते पुलमुनी शनिबार अनुहार नचिनिने अवस्थामा एक बालिकाको शव फेला परेको छ । 

मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनी बालिकाको शव भेटिएको हो । 
थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनी भेटिएको शव १० देखि १२ वर्ष उमेरकी एक बालिकाको भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठका अनुसार केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको हो । 
बालिकाको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशंका व्यक्त गर्दै उहाँले बालिकाको हत्या वा अरु के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घट्नाको अनुसन्धान भने सुरु गरेको बताउनुभयो । 

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया