प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
अस्थायी-करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
समितिले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उमेरको हदबन्दी नलगाइ सम्पूर्ण अस्थायी, करार तथा विविध कारणले आन्तरिक परीक्षाबाट वञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
समितिले सेवावाट अवकाश लिन चाहने शिक्षकहरुलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान बिदा गर्न पनि आग्रह गरेको छ ।
अस्थायी-करार शिक्षकहरुले माग पूरा नभए आगामी २९ गतेदेखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाइ दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईंले सरकारले आफूहरुको माग सम्बोधन नगरे आन्दोलमा उत्रने बताउनुभयो ।
संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।