मनुष्यले गर्ने व्यवहार, आचरण र स्वच्छ भोजनले जीवन निरोगी बन्छ: राष्ट्रपति भण्डारी

 माघ २६, २०७५ शनिबार २०:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - राष्ट्रपति विद्यादेवी भण्डारीले कोशी, अरुण र तमोर जस्ता नदीहरु बग्ने  सुनसरीको बराह तथा चतरा धाममा पर्यटन विकासको ठूलो संभावना रहेको बताउनुभएकाे छ ।

सुनसरीको चतनामा शनिबारदेखि सुरु भएको तारक ब्रह्मा महायज्ञको शुभारम्भ गर्दै उहाले कौशिकी संस्कृति बोकेको बराहक्षेत्रमा प्रशस्तै पर्यटनको संभावना भएकोले यसबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताउनुभयाे।  

नेपालमै पहिलो पटक सुनसरीको चतरामा शुरु भएको तारक ब्रह्मा महायज्ञबाट पर्यटक प्रवर्द्धनमा टेवा पुर्‍याउने उहाँकाे विस्वाश थियाे । ऐतिहासिक  तथा प्राकृतिक रुपमा परिचित बराहक्षेत्र चतराको पौराणिक दृष्टिले आदिम कालदेखि नै प्रसिद्ध रहेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले ऋषिमुनी तथा साधु सन्तहहरुको तपस्यास्थल तथा विद्धतवर्गको ज्ञान प्राप्त गर्ने स्थलको रुपमा प्रख्यात रहेको बताउनुभयाे ।

‘विश्वको सर्वाेच्च शिखर सगरमाथा र त्यसैको फेदीमा रहेको कोशी, अरुण र तमोरजस्ता नदीहरु बग्ने यस क्षेत्रमा पर्यटन विकासको ठूलो संभावना छ, राष्ट्रपति भण्डारीले भन्नुभयाे, ‘प्राकृतिक सम्पदाहरुको समुचित उपयोगबाट मुलुकको आर्थिक उन्नतिसँगै युवा रोजगारको क्षेत्रमा योगदान पुर्‍याउने पक्षमा सबैको ध्यान जानु आवश्यक छ ।’

प्रकृतिको रक्षा भए मात्र जलवायु संरक्षित र सन्तुलित रहने भन्दै राष्ट्रपति भण्डारीले  पर्यावरण स्वच्छ रह्यो भने प्रकृति स्वच्छ रहने विचार व्यक्त गर्नुभयाे ।

‘मनुष्यले गर्ने व्यवहार, आचरण, अनुशासन पालन र स्वच्छ भोजनले  जीवन निरोगी रहन्छ, उहाँले भन्नुभयाे, ‘स्वच्छ जीवन, समृद्ध नेपाल र सुखी नेपालीको आधार हो ।’

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया