लिभरपुल शीर्ष स्थानमा उक्लियाे

 माघ २७, २०७५ आइतबार ८:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

लिभरपुल इङ्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तर पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले एक–एक गोल गरे ।

एनफिल्डमा खेलको २४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा विजनाल्डमले लिभरपुलको अग्रता दोब्बर बनाए । 

त्यसपछि खेलको ४८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-० को सहज जित दिलाए । जितसँगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । र, लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अघि रहेको छ । सिटीको ६२ अंक रहेको छ ।

पराजित बर्नेमाउथ ३३ अंकसहित ११ औं स्थानमा छ । प्रतियेगितामा अज म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया