इटालियन सिरी ए : युभेन्टसको सहज जित

 माघ २८, २०७५ सोमबार ७:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आइतबार राति भएको खेलमा सासुलोलाई तीन शून्यले हराउँदै दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा पुर्‍याएको छ । 

प्रतिस्पर्धात्मक बनेको खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई एक शून्यको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गर्‍याे ।

यसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भए । यसै सिजन युभेन्टसमा पुगेका रोनाल्डोको यो १८ औं गोल हो । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरेपछि युभेन्टसले सहज जित निकाल्यो । 

जितसँगै उसले २३ खेलबाट ६३ अंक बनाएको छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया