आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किए

 माघ २८, २०७५ सोमबार ८:३२:० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो । 

अलपत्र डेढ सय नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, सञ्जयकुमार बिष्ट, रामबहादुर गोले, धिरेन्द्र बहादुर महरा, हुनुहुन्छ । त्यस्तै भिमबहादुर सिन्जाली, भोजबहादुर हायु, देवीलाल रम्तेल, श्यामबाबु ठाकुर, भुवनसिङ बिके, सन्तोष गुरुङ, शुकलाल बिके र पूर्णबहादुर भुजेल पनि नेपाल फर्किनुभएको छ ।

आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

त्यस्तै शनिबार बिहान ७ जनालाई नेपाल फर्काएको हो । शनिबार बिहान नेपाल फर्किएका मध्ये राजाराम अर्याल, सुरज श्रेष्ठ, हरिप्रसाद बजगाईं, सन्तोष गिरी, चिरन्जिवी अछामी, इन्सान थापा, मुकेश नेपाली हुनुहुन्छ । यस्तै ७ जनालाई शनिबार साँझ नेपाल फर्काइएको छ । शनिबार साँझ नेपाल फर्कनेमा मानबहादुर राटोकी, धनीराम थारु, नारायण गुरुङ, सान्तबहादुर कामी, भोजबहादुर भोल, रमेशबहादुर महरा, र सुमन महर्जन हुनुहुन्छ । 

उद्दार गरिएका सबैलाई आबुधाबीबाट भारत ट्रान्जिट हुँदै नेपाल फर्काईएको हो ।  अब ९० जना नेपालीलाई केही दिनमै नेपाल फर्काउन लागेको पीडितहरुले बताएका छन् । फर्किने सबैले आफूले पाउनुपर्ने रकमको ५० प्रतिशत हिसाब बुझेर फर्किएको बताएका छन् ।

यूएईले चासो देखाएर पाउनु पर्ने पुरै रकमका लागि अदालतमा मुद्दा दायर गर्न मोबाइल कोट स्थापना गरेर काम गरिरहेको थियो । तर त्यसमार्फत कोही पनि नेपालीले मुद्दा दर्ता गरेनन् । 

आबुधाबीमा अलपत्र साढे ७ सय कामदारको उद्दार प्रक्रिया सुरु

दिएको विकल्प मध्ये सबै ५० प्रतिशत रकम बुझेर सबै नेपाली फर्किने तयारीमा हुनुहुन्छ । काम गरेको महिनाको तलब नदिई कम्पनीका सञ्चालक जोर्डन तथा कतारका नागरिक यूएई छोडेर भागेपछि नेपालीसहित साढे ७ सय कामदार अलपत्र परेका थिए ।

अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएर विकल्पसहित आफू कामदारको अधिकारको पक्षमा रहेको बताएको थियो ।

कामदार अलपत्र परेपछि यहाँको सरकारले श्रम तथा मानव संसाधन मन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन तथा छानविन टोली बनाएर कम्पनीमा अलपत्र परेका कामदारलाई खाना, बस्नसहित उनीहरुको स्वास्थ्यकोसमेत जिम्मा लिएको थियो । उसैको सकृयतामा नेपालीसहित सबै कामदारको उद्दार भइरहेको छ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया