ग्रामी अवार्ड २०१९ : लेडी गागाले पाइन् तीन ट्रफी, दिस इज अमेरिका बन्याे वर्षकाे उत्कृष्ट गीत

 माघ २८, २०७५ सोमबार १३:४२:९ | एजेन्सी
unn.prixa.net

फेब्रुअरी १० र ११ गते ग्रामी अवार्ड २०१९ को भव्य योजना भयो । संगीत क्षेत्रकै ठूलो मानिने ग्रामी अवार्डको यो ६१ औं संस्करण लस एन्जल्समा आयोजना गरिएको थियो ।

ग्रामी अवार्ड २०१९ मा ‘दिस इज अमेरिका’ गीत वर्षकै उत्कृष्ट बन्न सफल भएको छ । यस्तै लेडी गागाको 'ह्वेर डु यु थिंक यु आर गोइङ ?'  बेस्ट सोलो परफर्मेन्स बन्न सफल भएको छ ।

उनले अरु पनि पुरस्कार प्राप्त गरेकी छिन् । उनलाई ब्राड्ली कूपरसँगको शैलो गीतको लागि बेस्ट ड्युयो परफर्मेन्स र रेकर्ड अफ\ द इयरको अवार्ड मिलेको छ ।

वर्षकै उत्कृष्ट गीत बनेको दिस इज अमेरिकाका गायक डोनाल्ड ग्लोवर र लेखक चाल्डिश गैंबिनो हुन् । ग्रामी अवार्ड अन्य विभिन्न विधाहरुमा पनि प्रदान गरिएको थियो, केही विधाहरु र विजेताहरुका नाम यसप्रकार छन् ।

 

बेस्ट पप साेलाे परफर्मेन्स : जाेन (व्हेयर डू यु थिंक यू आर गोइङ) लेडी गागा

बेस्ट पप भाेकल एल्बम : स्वीटनरका लागि एरियाना ग्रेनेडलाई

बेस्ट ट्रेडिस्नल पप भाेकल एल्बम : माई वेका लागि विली निल्सनलाई

बेस्ट र्‍याप सङ्ग : गड प्लान काे लागि ड्रेकलाई प्रदान गरियाे

यस अवार्ड कार्यक्रमको होस्ट आर एण्ड बी गायिका एलिसिया किजले गरेकी थिइन् । अवार्ड समाराेहमा अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा पनि सहभागी थिइन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया