नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा

 माघ २८, २०७५ सोमबार १५:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । 

नेविसंघको महाधिवेशन हुन नसकेको अवस्थालाई ध्यान दिँदै उहाँले राजीनामा दिएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा उहाँले राजीनामा पेश गर्नुभएको छ । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको थियो । 

बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ ।

महरले २७ वर्ष गाउँको स्कूल हुँदै विद्यार्थीका केन्द्रीय राजनीति नेतृत्व गर्ने अवसर प्राप्त भएको हुँदा संस्थागत रुपमा नेपाली कांग्रेस, नेविसंघ र व्यक्तिगत रुपमा पार्टी सभापतिसहितको भूमिका र योगदानलाई राजनीतिक सम्पतिको रुपमा लिएको बताउनुभएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया