‘आफैलाई धोनी ठानेर पाण्ड्यालाई दिएनन् स्ट्राइक’, ट्रोल बने कार्तिक

 माघ २८, २०७५ सोमबार १९:२५:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अघिल्लो वर्ष बंगलादेशविरुद्ध निदहास ट्रफीको फाइनल म्याचमा टिम इण्डिया विजेता बनेको थियो । अन्तिम बलमा छक्का प्रहार गर्दै त्यो जितको हिरो बनेका दिनेश कार्तिकलाई भने वर्षभरि आलोचनाको सामना गर्नुपर्‍यो ।

आइतबार सम्पन्न भएको न्यूजिल्याण्ड विरुद्धको टी २० सिरिज अन्तर्गतका अन्तिम तथा निर्णायक तीनओटा म्याचमा कार्तिक खलनायक बने । 

यस टी २० म्याचमा भारतले किवी टिमसँग ४ रनले गर्दा हार व्यहोर्नु पर्यो । भारतीय टिमका फ्यानहरु यस हारको कारण दिनेशलाई मान्छन् । उनीहरुले म्याचको अन्तिम ओभरको तेस्रो बलमा कार्तिकले एक  रन पनि लिन नसक्दा भारतको हार भएको मानेका छन् ।

न्यूजिल्याण्ड र भारतबीच भएको राेमाञ्चक प्रतिस्पर्धामा भारतले जितका लागि अन्तिम ओभरमा १६ रन बनाउनुपर्ने थियो । यो १६ रन भारतका लागि यसकारण पनि महत्वपूर्ण थियो कि, याे जितसँगै उसले न्यूजिल्याण्डकै भूमिमा  घरेलु टि विरुद्ध पहिलो दुईपक्षीय टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि जित्ने पक्का थियो । 

म्याच रोमाञ्चक भइरहेको थियो । भारतलाई आफ्नो जितका लागि अन्तिम ओभरमा १६ रनको मात्र आवश्यकता थियो । यो ओभरमा न्यूजिल्याण्डको तर्फबाट बलिङको लागि बलर टिम साउदी आए ।

टिम साउदीकाे अन्तिम ओभरको पहिलो बलमा दिनेश कार्तिकले दौडेर दुई रन बनाए । त्यसपछिको दोस्रो बल सउदीले वाइड फाले । तर कार्तिकले अफ् स्टम्पबाहिर गएर सट खेल्ने प्रयास गरेका कारण अम्पाएरले त्यसलाई वाइड बल मानेन् । त्यो बल डट रह्यो । 

साउदीको अन्तिम ओभरको तेस्रो बलमा भने सबैभन्दा बढी हंगामा भयो । कार्तिकले एक रन मात्र लिन मानेन् । उनलाई त्यतिबेला अर्कोतर्फ क्रुणाल पण्ड्याले सघाइरहेका थिए । कार्तिकले एक रन पनि नलिएका कारण भारतलाई तीन बलमा १४ रनको आवश्यकता थियो ।

साउदीको अन्तिम ओभरको चौथो बलमा कार्तिकले एक रन बनाए । त्यसपछि पनि भारतले दुई बलमा १३ रन बनाउनुपर्ने चुनौती थियो । सउदीको पाँचौँ बलमा क्रुणालले पनि एक रन लिए ।

बिस्तारै भारतको हातबाट म्याच फुत्किँदै थियो । र भारतले म्याच जित्नका लागि एक बलमा १२ रन बनाउनुपर्ने थियो । साउदीले अन्तिम ओभरको अन्तिम बल वाइड फाले । त्यसपछि भारतलाई एक बलमा ११ रन बनाउनुपर्ने भयो ।

दोस्रोपटक अर्थात साउदीको अन्तिम बलिङमा भने कार्तिकले छक्का प्रहार गरे । तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । र जम्मा ४ रनले गर्दा भारत त्यो म्याच हार्न पुग्यो । यसको साथै पहिलो पटक न्यूजिल्याण्डमा दुईपक्षीय टी २० अन्तर्राष्ट्रिय सिरिज जित्ने भारतको सपना पनि अधुरै रह्यो ।

योभन्दा पहिला भारतलाई न्यूजिल्याण्डको हातबाट २००८-२००९ मा खेलेको दुईपक्षीय टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पनि पराजित भएको थियो । दुई म्याचको त्यो टी-२० सिरिजमा भारतले ०-२ ले हार व्यहोर्नुपरेको थियो ।

कार्तिकले अन्तिम ओभरकाे तेस्राे बलमा एक रन लिएर क्रुणाललाई स्ट्राइक दिएकाे भए खेलकाे पासा नै पल्टिने सम्भावना रहेकाे भन्दै सामाजिक सञ्जालमा उनकाे ट्राेल भएको छ ।

क्रुणालले १३ बलमा २ चाैका र २ छक्काकाे सहयाेगले २६ रन बनाएर खेलिरहेकाे अवस्थामा बिग हिट प्रहार गर्न सक्ने अवस्था रहेकाे भन्दै कार्तिककाे आलाेचना भएकाे हाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया