बी डिभिजन लिगमा सातदाेबाटाे र मध्यपुर विजयी

 माघ २८, २०७५ सोमबार १९:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन् ।

ललितपुरको एन्फा मैदानमा आज भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गाेल अन्तरले पराजित गरेको हो । सातदोबाटोले २१ औं मिनेटमा दीपेश गुरुङको सानदार गोल मार्फत शुरुआती अग्रता लिएको थियो ।

गुरुङले ३० यार्ड टाढाबाट गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको सातदोवाटोले ५३ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । उसका लागि रञ्जन पुनले गाल गरेका थिए । श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए ।

यस्तै आजै भएको दोस्रो खेलमा मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ । खुमलटारका लागि अभय राणाले २ गोल गरे पनि त्यो हार टार्न पर्याप्त भएन । मध्यपुरका लागि सुवर्न विक्रम कार्की, कैलान लामिछाने र विवेश गुरुङले एक/एक गोल गरेका थिए ।

८ औं मिनेटमा सुवर्न बिक्रम कार्कीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा खुमलटारका लागि अभय राणाले बरारबरी गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा २–१ को अवस्थामा पुर्याए ।

६६ औं मिनेटमा विवेश गुरुङले गोल थपेपछि मध्यपुरले ३–१ को अग्रता कायम गर्न सफल भएको थियो । ७० औं मिनेटमा खुमलटारका लागि अभय राणाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा खुमलटारले पेनाल्टी पाए पनि राजेन्द्र देउलाले गोल गर्न चुक्दा मध्यपुर ३–२ गोल अन्तरले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया