राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भैरहेको छ : गृहमन्त्री थापा

 माघ २९, २०७५ मंगलबार १५:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि सञ्चालन भइरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे ५ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भैरहेको भन्दै त्यसतर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिनुभएको हो । 

उहाँले संविधानको मर्मविपरीत र देशलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताउनुभयो ।

उहाँले प्रहरी संगठनभित्र राजनीतिक प्रभाव नरहेको दाबी पनि गर्नुभयो । नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तहमा र पेशागत रुपमा कानुनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशील हुन पाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । काम गर्न नसक्दा अपजसमा दबाब र प्रभावलाई बहाना नबनाउन पनि उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र खस्कदो सामाजिक मूल्यमान्यताका बीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतीपूर्ण रहे पनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

उहाँले प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा मोजिम सेवा प्रधान गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया