भैरहवाको बाल सुधार गृहबाट ६ जना भागे

 माघ २९, २०७५ मंगलबार १७:५१:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहबाट ६ जना फरार भएका छन् । 

जबर्जस्ती करणी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका देवदह–७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, त्यही मुद्दामै कैद भुक्तान गरिरहेका नौबाहिनी–४, प्यूठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा सजाय भोगिरहेका तानसेन–३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्धाका बिरुवा–४, स्याङ्जाका १७ वर्षीय अनिस थापा, चोरी मुद्दाकै गाइघाट–३, उदयपुरका १७ वर्षीय सविन पौडेल र बुटवल–८, का १५ वर्षीय राजेश सुनार फरार भएका हुन् । 

उनीहरुले आँगनमा रहेको गेट र भित्तामा लगाएको काँडेतारको प्वालबाट उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । 

१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा रहेको बालसुधार गृहमा राख्ने गरिएको छ । फरार कैदी र थुनुवाहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया