अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए

 माघ २९, २०७५ मंगलबार १९:७:४७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका महोत्तरीका एकजना असई फरार भएका छन । 

मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रंगेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असई रामनरेश साह फरार भएका हुन् ।

औरहीस्थित नवदुर्गा स-मिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए पनि स्थानीयवासीले अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए अनुसार असई अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अख्तियारको फन्दाबाट फरार भएका असई साहलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरिक्षक कार्कीले जनाउनुभयाे ।

बर्दिबासस्थित कार्यालयबाट गएको अख्तियारको टोलीले प्रहरी चौकीमा कार्यरत असई साह र नवदुर्गा स-मिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीय नागिरकले अवरोध गरेका थिए । हाल दुवैजना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ ।

अख्तियारको टोलीसँग गएका प्रहरीले स-मिलमै गएर त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया