गाउँपालिका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक बिदा

 फागुन १, २०७५ बुधबार ९:१२:४६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शोकमा पाँचथर जिल्लामा बुधबार सार्वजिनिक बिदा दिइएको छ ।

जिल्लाका सबै स्थानीय तहले नेम्बाङको शोकमा एक दिन बिदा दिने निर्णय गरेएको हो । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष हुनुभएका नेम्बाङ गएको शनिबार गाउँपालिकाको ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको थियो । 

बेहोस भपछि उपचारको लागि  इलाम अस्पताल पुर्‍याइएको थियो । नेम्बाङको अस्पतालमै निधन भएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया