धनगढी प्रिमियर लिग :  काठमाण्डाैले महेन्द्रनगरलाई दियो १३५ रनको लक्ष्य

 फागुन १, २०७५ बुधबार १०:४८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी प्रिमियर लिग अन्तर्गत काठमाण्डाै गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई एक सय ३५ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डाैले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३४ रन बनाए । 

आज पनि कमजोर सुरुवात गरेको काठमाण्डाैले आठ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका दुवै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा पेभेलियन फर्किएपछि काठमाण्डाैले ३७ रनमा तेस्रो विकेट गुमायो । काठमाण्डाैको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५८ रन बनाउँदा अरु दुई विकेट गुमाउन पुग्यो ।

महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरिए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । अंकितले अविजित ६६ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजित २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया