बिग ब्याश लिग : मेलबर्न र होबार्टबीच बिहीबार हुने सेमिफाइनल खेलमा सन्दीपले खेल्ने

 फागुन १, २०७५ बुधबार ११:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगमा मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबीच बिहीबार हुने सेमिफाइनल खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने टिममा पर्ने भएका छन् । 

ग्लेन म्याक्सवेलको कप्तानमा रहेकाे स्टार्सले सार्वजनिक गरेको १३ सदस्यीय प्रारम्भिक टोलीकाे मुख्य खेलाडीकाे सूचीमा सन्दीप पनि परेका छन् ।

सन्दीपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेकाे थियाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया