हिरो महिला गोल्डकप : नेपालले आज इरानसँग खेल्दै, फाइनलमा पुग्न जित्नै पर्ने

 फागुन १, २०७५ बुधबार ११:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा भैरहेको महिला गोल्डकपको समूहको अन्तिम खेलमा नेपालले बुधबार इरानसँग खेल्दैछ । कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा चार बजेदेखि सुरु हुनेछ । नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ । समूह चरणमा खेलका दुई खेलमा नेपालले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

जारी प्रतियोगितामा उपाधिको प्रबल दावेदार टिम म्यानमारसँग तीन शून्यको हार ब्यहोरको नेपालले दोस्रो खेलमा भारत विरुद्ध ऐतिहासिक दुई एकको जित निकालेको थियो । यता इरानले दुई खेलमा नै हारेको थियो । आज नेपालले इरानलाई हराएमा फाइनलमा स्थान बनाउने छ । इरानले म्यानमारसँग दुई शून्यले हारेको थियो भने भारतसँग एक शून्यले पराजित भएको थियो ।

भारतलाई हराउँदा दुई गोल गरेकी सावित्रा भण्डारीको प्रदर्शन आज पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । 

बुधबार नै भारत र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । यदि यो खेलमा भारत पराजित भएमा नेपाल सहजै फाइनलमा पुग्नेछ । भारतले जितेमा हेड टु हेडमा पनि नेपाललाई नै फाइदा हुनेछ । नेपालले प्रतियोगितामा चार गोल खाँदा दुई गोल गरेको छ । तालिकामा नेपाल र भारतकाे समान तीन अंक छ भने म्यानमार ६ अंकका साथ फाइनलमा पुगिसकेकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया