वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिइने

 फागुन १, २०७५ बुधबार १४:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट खेलाडीं संघ(सिप्यान) र एनसीसीएसको आयोजनामा फागुनको २१ गते वर्षको उत्कृष्ट खेलाडी पुरस्कार समारोह हुने भएको छ । 

वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गरेका एक पुरुष र एक महिला खेलाड सहित समग्रमा ५ विधामा पुरस्कार दिइने भएको छ ।

एनसीसीएस र सिप्यानको पहिलो प्रयासका रुपमा रहेको कार्यक्रमको पुरुष उत्कृष्ट पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछ । यस्तै उत्कृष्ट महिला खेलाडीले ६६ हजार रुपैयाँ हात पार्नेछन् । 

यस्तै वर्षको उदीयमान खेलाडीलाई पनि पुरस्कार दिइनेछ । जसको विजेताले पनि ६६ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै मोमेन्ट अफ् दी इयर, जसले पुरै बर्वामा चर्चा कमायो त्यो विधामा पनि पुरस्कारको वयवस्था गरिएको छ । यो विधाको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ । 

साथै लाइफ टाइभ अचिभमेन्ट अवार्डबाट पनि क्रिकेटमा योगदान पुर्याएको व्यक्तिलाई सम्मानस्वरुप ६६ हजारबाट सम्मानित गरिने भएको छ । 

वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी छनोटका लागि कमिटी तयार पारिएको छ भने मोमेन्ट अफ् दी इयरका लागि भने पब्लिक पोज गरिने भएको छ । 

५ वटै विधाको पुरस्कारका लागि समग्रमा तीन लाख ४६ हजार रुपैयाँ लाग्नेछ । यसैबीच कार्यक्रममा मुख्य प्रायोजक एनसीसीएससँग सिप्यानले प्रायोजन पनि सम्झौता गरेको छ । सिप्यानका अध्यक्ष मनिशराज पाण्डे र एनसीसीएस कलेजका शंकरराज आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया