डीपीएल : घरेलु टिम धनगढीकाे लगातार तेस्राे हार, प्लेअफ यात्रा कठिन बन्दै

 फागुन १, २०७५ बुधबार १६:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिगमा घरेलु टिम धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

आज भएको खेलमा विराटनगरले धनगढीलाई २१ रनले पराजित गर्‍यो । हारपछि धनगढीको प्लेअफको सम्भावना निकै कठिन भएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै १०३ रन बनायो । करण केसीको कप्तानीमा रहेको विराटनगरले निकै खराब सुरुवात गरेको छ । उसले मात्र दुई रनमा ओपनर हरिशंकर शाहलाई गुमायो । त्यसपछि १२ रन हुँदा अर्का खेलाडी कुशल भुर्तेल पनि मात्र ६ रनमा आउट भए ।

त्यसपछि उसको स्कोर १९ रन हुँदा तेस्रो विकेट झर्‍यो । असाद पठान तीन रनमा आउट भए । त्यसको केही बेरपछि राजेश पुलामी पनि मात्र एक रनमा आउट भएपछि विराटनगर निकै दबाबमा आयो ।

धनगढीको बलिङका अगाडि दबाबमा रहेको विराटनगरका अविनाश यादवले सर्वाधिक २७ तथा कप्तान करण केसीले २१ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङमा धनगढीका विपीन खत्री र सोमपाल कामीले तीन-तीन विकेट लिए ।

जवाफमा धनगढी १८ ओभर ५ बलमा ८२ रनमा अलआउट भयो । फितलो ब्याटिङ गरेको धनगढीको ब्याटिङ आज पनि कमजोर बन्यो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया