रणवीर सिंहलाई फ्यानहरुले बनाइदिए बाघ, भालुदेखि जेब्रासम्म

 फागुन १, २०७५ बुधबार १७:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘गली ब्वाय’ फेब्रुअरी १४ मा प्रदर्शन हुँदैछ । यतिबेला बलिउडमा रणवीर सिंहको यस फिल्मको जति चर्चा भइरहेको छ त्योभन्दा पनि बढी चर्चा उनले लगाएका लुगाहरुको भइरहेको छ ।

रणवीर सिंहले फिल्म प्रमोशनका क्रममा अनौठा किसिमका लुगाहरु लगाएका कारण सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको खिल्ली उडाइरहेका छन् । रणवीर सिंहले बर्लिन फिल्म फेस्टिवलमा उनको फिल्म ‘गली ब्वाय’ को स्क्रिनिङमा लगाएका लुगाले त झन सबैको ध्यान आकर्षित गर्न सफल भए ।

रणवीर अहिले उनले लगाएका अनौठा लुगाका कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । रणवीर सिंहलाई उनले लगाएका लुगाका अनुसार बाघ, चितुवा, जेब्र लगायतका जनावरसँग तुलना गरिएको छ । 

रणवीर सिंहका साथ भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अनुपम खेर, पंकज त्रिपाठीले पनि रणवीरकै जस्तो ड्रेसअप गरेको भन्दै उनीहरुको फोटो राखिएको छ । 

रणवीर सिंहका साथ अभिनय गरेका अभिनेत्री सारा अली खान र आलिया भट्टको ड्रेसिङ्ग सेन्स पनि बद्लिएको भन्दै यस्तो फोटो राख्दै मजाक उडाइएको छ । 

रणवीरले रंगीचंगी लुगा र जुत्ता लगाएपछि त झनै उनी र उनकी श्रीमती दीपिका पादुकोणको भविष्यमा जन्मिने सन्ताहरु कस्ता हुनेछन भन्दै रणवीरलाई ट्रोल गरिएको छ । 

रणवीर सिंहले घरमा पोछा लगाउन राखेका लुगा समेत लगाउने गरेकाले काम गर्ने पनि हैरान भएको भन्दै उनको मजाक उडाइएको छ ।

तर रणवीर सिंहको ड्रेसिङ्ग सेन्सको मजाक उडाइए पनि उनी एक उत्कृष्ट कलाकारको रुपमा बलिउडमा स्थापित भइसकेका छन । रणविर सिंह अभिनित फिल्म ‘राम लीला, बाजिराव मस्तानी, पद्मावत, सिम्बा बलिउडका सुपरहिट फिल्म हुन ।

उनी अभिनित पछिल्लो फिल्म ‘गली ब्वाय’ फेब्रअरी १४ मा प्रदर्शन हुँदैछ । 

जोया अख्तरको निर्देशन रहेको यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री आलिया भट्ट र कल्की कोचलिनको मुख्य भूमिका रहेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया