हिरो महिला गोल्डकप : इरानविरुद्ध नेपाल दुई–शून्यले अगाडि

 फागुन १, २०७५ बुधबार १७:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध नेपालले दुई–शून्य गोलको अग्रता बनाएको छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । 

आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी छिन् । 

भारत विरूद्ध २ गोल गरेकी सावित्रा भण्डारीले आज पनि नेपालको स्ट्राइकिङ जिम्मेवारी पाएकी छिन् ।

फाइनल पुग्नका लागि  नेपालले म्यानमार र भारतबीचको नतिजा कुर्नुपर्नेछ । फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले कडा टक्कर दिइरहेको छ ।

नेपाली टिम

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः  गिता राना, मनमाया लिम्बू, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी -कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई,  अनिता बस्नेत, सरु लिम्बुू
स्ट्राइकरः सावित्रा भण्डारी,

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया