हिरो महिला गोल्डकप : इरानविरुद्ध नेपालको ३–० को शानदार जित

 फागुन १, २०७५ बुधबार १८:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराएको छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् । 

आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी थिइन् । 

आजको खेलमा फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हरायो ।

फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलकाे नतिजा कुर्नुपर्नेछ । नेपाल र म्यानमारकाे समान ६/६ अंक रहेकाे छ भने भारतकाे ३ अंक रहेकाे छ । यदि म्यानमारले भारतलाई हरायाे वा खेल बराबरी भयाे भने नेपाल फाइनलमा पुग्नेछ ।

यदि म्यानमारलाई भारतले ठूलाे मार्जिनले जित्याे भने नेपालकाे फाइनल पुग्ने यात्रामा बाधक बन्न सक्नेछ । तीनै खेल हारेकाे इरान भने प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

खेलपछि नेपाली खेलाडी केही भावुक भएका थिए, उनीहरुले मैदानमा पुगेकाे समर्थकलाई सपाेर्टका लागि धन्यवाद दिएका थिए ।

नेपाली टिम

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा

डिफेन्डरः  गिता राना, मनमाया लिम्बू, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी-कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई,  अनिता बस्नेत, सरु लिम्बू 
स्ट्राइकरः सावित्रा भण्डारी,
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया