कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भक्तपुर – भक्तपुरमा शुक्रबार एकाबिहानै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घट्नास्थल मै ज्यान गएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको चेलाङ्ग घरभई हाल मध्यपुरथिमि नगरपालिका ६ बस्दै आएका ४८ वर्षका चेतबहादुर थापा रहकोे प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान साढे पाँच बजे पेप्सीकोलाबाट तीव्र गतिमा सानोठिमीतर्फ जाँदै गरेको बा. २ क. ३९३४ नम्बरको टिपरले त्यसै दिशातर्फ जाँदै गरेको बा.६६प. ८५५३ नम्बरको स्कुटरलाई सानोठिमी क्याम्पस अगाडि ठक्कर दिएको थियो ।
घटनापछि टिपरसहित फरार भएका चालक र टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको छ ।
ललितपुर बस्ने टिपर चालक ३० वर्षका राजन खड्गीलाई टिपरसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवलमान महर्जनले जानकारी दिनुभयो ।