कञ्चनपुरबाट १८ किलो सुनसहित १ जना पक्राउ

 फागुन २, २०७५ बिहिबार १४:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कन्चनपुर - कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिमल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया