साथीको फोटो प्रयोग गरी सामाजिक सञ्जालमा अश्लील कुरा गर्ने किशोरी पक्राउ

 फागुन २, २०७५ बिहिबार १५:४३:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी – साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । 

आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्ने गरेको भन्दै उनका नाममा पीडित किशोरीले अपराध महाशाखा काठमाण्डौमा मुद्दा हालेकी थिइन् । पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । 

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाण्डौ हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धामीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया