सल्यानबाट भारतको शिमलासम्म बस चल्ने

 फागुन २, २०७५ बिहिबार १६:१:३३ | पुरुषोत्तम गिरी
unn.prixa.net

हिउँले छाेपिएकाे शिमला बजार

सल्यान – सल्यानको बाँफुखोलाबाट अब भारतको शिमलासम्म सिधा बस सेवा  सञ्चालन हुने भएको छ ।

सल्यान रुकुम यातायात व्यवसायी समितिले  आउँदो फागुन १७ गते शुक्रबारदेखि लागु हुनेगरी भारतको हिमाञ्चल प्रदेशको शिमलासम्म सिधा बस सेवा सञ्चालन गर्न लागेको हो ।

फागुन १७ गतेदेखि प्रत्येक हप्ताको शुक्रबार बागचौर नगरपालिका वडा नम्बर १२ मा पर्ने बाँफुखोला दोभानबजारदेखि भारतको शिमलासम्म सिधा सुपर डिलक्स बस सञ्चालन हुने सल्यान रुकुम यातायातका महासचिव अरबिन्दकुमार राईले बताउनुभयो ।

बाँफुखोलाबाट गाडी शुक्रबार मध्याह्न १२ बजे शिमलाका लागि छुट्ने छ । यात्रा आरामदायी, विश्वसनीय वातावरण र नम्र व्यवहारको हुने सल्यान रुकुम यातायातले दाबी गरेको  छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया